शरद् ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाको आकाश चंगाका रंगहरूले सजिएको छ। दसैं नजिकिँदै गर्दा उपत्यकाका छतछतबाट बालबालिका तथा युवाहरू चंगा उडाएर रमाइरहेका छन्। ऐतिहासिक बसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र पाटनका मन्दिरहरू वरिपरि चंगा उडेको दृश्य निकै मनमोहक देखिन्छ।
पुराना परम्परा अनुसार वर्षा सकिएर बाली पाक्ने बेलामा भगवान इन्द्रलाई 'अब वर्षा चाहिँदैन' भनी सन्देश पुर्याउन चंगा उडाइने धार्मिक विश्वास रहिआएको छ। यस फोटो फिचरमा हामीले उपत्यकाका विभिन्न गल्ली, मन्दिर र चोकहरूमा कैद गरेका अद्वितीय क्षणहरू प्रस्तुत गरेका छौं।
