नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र नेपाल उद्योग परिसंघ (CNI) ले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सरकारले नीतिगत संरक्षण दिनुपर्ने स्पष्ट पारेका छन्। भारत र चीनबाट न्यून बिजकीकरण भएर आउने मालसामानका कारण नेपाली उद्योगहरू धराशायी बन्दै गएको उनीहरूको गुनासो छ।
उद्योगीहरूले उद्योग क्षेत्रमा चौबिसै घण्टा गुणस्तरीय बिजुली उपलब्ध गराउनुपर्ने र कच्चा पदार्थको भन्सार तयारी वस्तुभन्दा कम्तीमा दुई तह कम गर्न माग गरेका छन्।
'नेपालमै रोजगारी सिर्जना गर्न उद्योग बचाउनुको विकल्प छैन,' एक सिमेन्ट तथा डन्डी उद्योगीले अनलाइन आवाजसँग भने।
