काठमाडौंका लाखौं सर्वसाधारण दैनिक कार्यालय र कलेज जाँदा सास्ती भोग्न बाध्य छन्। निजी सवारी साधनको चापले ट्राफिक जाम अस्तव्यस्त बन्दा पनि व्यवस्थित ठूला बसहरूको सञ्चालन हुन सकेको छैन।
अर्कोतर्फ, मेलम्ची खानेपानी आयोजना वर्षायाममा पहिरोको जोखिम देखाउँदै बन्द हुने र हिउँदमा मात्र आंशिक आउने गर्दा नागरिकले ट्यांकर र जारको पानीमा मासिक हजारौं रुपैयाँ खर्चिनुपरेको छ।
'हामीले राज्यलाई कर तिरेका छौं, तर आधारभूत पानी र सुरक्षित यातायात पाउन पनि नेताको भाषण मात्र सुन्नुपर्ने?' कलंकीका एक स्थानीय बासिन्दाले अनलाइन आवाजसँग गुनासो गरे।
